आश्विन ५, २०७३- हलिउड अभिनेत्री एन्जिलिना जोलीले अभिनेता ब्राड पिट विरुद्ध डिभोर्स केस फाइल गरेपछि पिट दुखी भएको बताइएको छ ।
उनले आफू निकै दुखी भएको बताउँदै यो तनावपूर्ण घडी आफ्नो सन्तानको निजी जीवनको ख्याल राखिदिन मिडियालाई आग्रह गरेका छन् ।
जोलीले सोमबार फाइल गरेकाे डिभाेर्स पत्रमा आफूहरुबीच मिल्नै नसकिने गरी मत भिन्नता रहेको उल्लेख गरेकी छिन् । उनको अधिवक्ता रोबर्ट अफरले स्वस्थ्य पारिवारीक जीवनका लागि यो निर्णय लिइएको अभिव्यक्ति दिएका छन् ।
जोलीले ६ जना बच्चाहरुको पालनपोषणको जिम्मा आफूले पाउनुपर्ने बताउँदै पिटलाई बच्चाहरु भेट्न भने अनुमति दिन अदालतसमक्ष माग गरेकी छिन् ।
एक पत्रिकालको दाबि अनुसार भने जोली पिटको अभिभावकीय भूमिकाबाट रुष्ट भएर पारपाचुके चाहेकी हुन् । जोलीसँग लामो समय म्यानेजर भएर काम गरेका गेसर कोसिन्स्किले पनि पारिवारीक विवाद नै मुख्य हुन सक्ने बताएका छन् ।
जोली र पिटबीच दश वर्षको सम्बन्धपछि २०१४ मा विवहा भएको हो । पिटको यो दास्रो विवहा हो भने जोलीको तेस्रो विवहा हो ।
source :-http://kantipur.ekantipur.com/
Post a Comment