0

How to Prepare for Lok Sewa Aayog Exams

अध्ययन सामग्रीको खोजबिन गर्ने,
पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा
आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
सम्बन्धित विषयका विद्वान्हरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
एकाग्रताको विकास गर्ने,
पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने
दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
लेख्दै पढ्ने,
मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
सीप सिक्ने चाँजोपाँजो मिलाउने,
धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
आत्मविश्वास कायम गर्ने,
स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,
समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।

source :- http://loksewaaayogguide.blogspot.com/

Post a Comment

 
Top